नमस्ते ब्याण्डसँगै जीत लामा टोकियोमा गुञ्जने

जापान । नमस्ते ब्याण्डको ३०औं बार्षिकोत्सव र नेपाली नयाँवर्ष २०७५ को सु–अवसरमा यही अप्रिल १५ तारिक आइतबारको दिन टोकियोस्थित यूनिर्भसल सिटीमा हुने विशेष साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट आमन्त्रित ब्याण्डका सम्पूर्ण सदस्यहरु टोकियो आइपुगेका छन् ।

अमर गुरुङ पोखरेली, सुदेशकुमार श्रेष्ठ, महेस केसी, सुरज श्रेष्ठलगायतका कलाकारहरु सँगसंगै ठमेलका युवा व्यवसायी तथा गायककार जीत लामाको पनि निकै आर्कषक र रोचक प्रस्तुति रहने ब्याण्डका संयोजक ईश्वर गुरुङले बताएका छन् ।

नेपालको पहिलो संगेतिक समुह नमस्ते ब्याण्ड र अन्य पाँचभन्दा बढी ब्याण्डले सहभागिता जनाउन लागेको उक्त कार्यक्रममा प्रवेश भने निशुल्क रहने ब्याण्ड द्धरा जारि गरिएको अपिलमा भनिएको छ ।

केही तस्वीरहरु-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!