शिक्षा नीति व्यवसायमुखी बनाउँछु : मुख्यमन्त्री भट्ट

धनगढी, चैत्र ३० । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको शिक्षा नीति व्यवसायमुखी वनाउन आफुले बिशेष पहल गर्ने बताउनु भएका छन् ।

नेपालको शिक्षा नीति व्यवसायमुखि नभएकै कारण बेरोजगारीको समस्या सुल्झन नसकेको बताउदै मुख्यमन्त्री भट्टले जागीर गर्नलाई मात्र पढ्नुपर्छ भन्ने मान्यता सही नभएको बताएका छन् ।

शुक्रबार कैलाली बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै मूख्यमन्त्री भट्टले गरिव र निमुखा समुदायलाई पनि उच्च शिक्षाको पहुचमा पुर्याउन प्रदेश सरकार लागि पर्ने बताए ।

प्रदेशको चमत्कारी विकास ५ वर्षमै गर्न नसकिए पनि सही विधि र पद्धति स्थापित गर्न आफु अहोरात्र लागि पर्ने बताए । साथै यस अभियानमा प्रदेशवासीको पनि पूर्ण

सहयोग रहने मुख्यमन्त्री भट्टको विश्वास छ । प्रदेशका सबै तह र तप्का विद्यार्थीहरुको सहज पहुचमा रहेको कैलाली क्याम्पसको स्तरोन्नतीका लागि प्रदेश सरकार कटिवद्ध रहने उहाँले बताउनु भयो ।

यस्तै समारोहमा बोल्दै सामाजिक विकास मन्त्री दिर्घ सोडारीले सुदूरपश्चिम विश्व विद्यालय प्रदेश सरकारको मताहतमा ल्याउन पहल भइरहेको बताउनु भयो ।

टोलटोलमा क्याम्पस खोल्ने चलन ठिक नभएको बताउदै उहाँले क्याम्पस मर्जको नीति ल्यायर व्यवस्थित क्याम्पस वनाउन सामाजिक विकास मन्त्रायल लागि परेको जानकारी दिए ।

३८ औं वार्षिकोत्सव समारोहको समापन शत्रमा क्याम्पसमा लामो समय अध्यापन गराएका प्रध्यापकहरुलाई सम्मान समेत गरेको छ । सामुदायिक क्याम्पसहरुमा कैलाली बहुमुखी क्याम्पस देशकै नमुना क्याम्पस मानिन्छ ।

२०७४ सालमा देशकै उत्कृष्ट क्याम्पसको रुपमा यो क्याम्पस पुरस्कृत समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!