प्रधानमन्त्री राराका लागि प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली रारा पर्यटन वर्षको उद्घाटनका लागि मुगुतर्फ लागेका छन् । प्रधामन्त्री ओलीले नयाँवर्ष २०७५ को पहिलो दिन वैशाख १ गते शनिबार राराबाट देशवासीको नाममा सम्बोधन गर्ने तयारी छ ।

उनी त्यसका लागि शुक्रबार नै त्यस तर्फ लागेका छन् । उनी शुक्रबार हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीले दिउँसो बागलुङको ढोरपाटन अवलोकन गर्ने र त्यसपछि डोल्पाको दुनै बास बस्ने कार्यक्रम छ ।

शनिबार बिहान मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्ने र रारा पर्यटन वर्ष २०७५ उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले त्यहिँबाट विद्यालय भर्ना अभियानको पनि सुरुवात गर्नेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!