क्रान्तिकारीको अध्यक्षमा मैनाली

सर्लाही । अखिल क्रान्तिकारीको सर्लाही जिल्ला अध्यक्षमा विवेक मैनाली निर्वाचित भएका छन् । बिहीबार भएको सम्मेलनबाट उनी निर्वाचित भएको प्रदेश २ का इन्चार्ज समेत रहेका उपमहासचिव गणेशप्रसाद मैनालीले जानकारी दिए ।

सम्मेलनको उद्घाटन केन्द्रिय अध्यक्ष रञ्जित तामाङले गरेका थिए ।

यसअघि नवनिर्वाचित अध्यक्ष मैनाली त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारीताको केन्द्रिय क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पसको इन्चार्ज थिए ।्

क्रान्तिकारी माओवादी केन्द्र निकटको विद्यार्थी संगठन हो । एमाले र माओवादीबीच पार्टी एकताको अन्तिम मिति नजिकिइरहेको बेला क्रान्तिकारीले देशभर सम्मेलन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!