विपद् व्यवस्थापनमा रेडक्रस झापा देशमै सर्वोत्कृष्ट

बिर्तामोड । नेपाल रेडक्रस सोसाइटी झापा विपद् व्यवस्थापनका लागि देशमै सर्वोत्कृष्ट भएको छ ।

रेडक्रसको ४७ औं केन्द्रीय महाधिवेशनमा रेडक्रस झापालाई सर्वोत्कृष्ट जिल्ला घोषणा गर्दै आपदा प्रबन्ध पुरस्कार प्रदान गरिएको थियो ।

यसअघि सिन्धुलीमा सम्पन्न ४६औं महाधिवेशनमा दोस्रो र हेटौडामा सम्पन्न ४५औं महाधिवेशनमा झापा पहिलो भएको थियो । रेडक्रस सोसाइटी झापाले विपद् व्यवस्थापनमा उत्कृष्ट हुँदै आपदा प्रबन्ध पुरस्कारसँगै रडक्रसका विभिन्न गतिविधिमा पनि देशकै सर्वोत्कृष्ट दोस्रो भएको छ ।

योसँगै नगद १० हजारसहित शिल्ड र प्रमाणपत्र समेत नेपाल रेडक्रस सोसाइटी झापाले हात पारेको छ ।

पुरस्कार नेपाल रेडक्रसका केन्द्रीय सदस्य भक्त खवास, जिल्ला सभापति लोकराज ढकाल, मन्त्री चन्द्रप्रसाद चुडाल, कोषाध्यक्ष ओमप्रकाश गौतम, उपकोषाध्यक्ष हेम खड्का, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखा सभापति सजेश शिवाकोटी र सचिव मनोज अग्रवालले संयुक्त रुपमा ग्रहण गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!