यी दुर्इ कलाकार अाफ्नै कर्मका कारण चर्चामा पुग्न सफल

धुर्मुसले रंगशाला बनाउने, करिश्मा एसइई परीक्षा दिने तयारीमा

अहिले चलचित्र क्षेत्रका दुई कलाकारहरु पेसा व्यवसायभन्दा आफ्नो कर्मका कारण सबैको प्यारो बन्न सफल भएका छन् । ती कलाकार हुन्, करिश्मा मानन्धर र सीताराम कट्टेल ‘धुर्मुस’ ।

करिब तीन वर्षअघि भूकम्प गएपछि सीताराम कट्टेलको जिन्दगीको ट्रयाक नै चेन्ज भयो । नेपाल टेलिभिजनमा आउने ‘मेरी बास्सै’ निर्माण र अभिनय छाडेर उनी समाजसेवामा लागे । उनले काभ्रे र सिन्धुपाल्चोकमा भूकम्प पीडितका लागि नमुना बस्ती निर्माण गरे ।

महोत्तरी र रौतहटमा मुसहर र दलित बस्तीमा एकीकृत नमुना बस्ती बनाए । ललितपुरमा ‘नमुना नेपाल’ बनाउन छाडेर उनी अहिले लर्ड बुद्ध क्रिकेट स्टेडियम’ बनाउन लागेका छन् । २०७५ सालमा क्रिकेट रंगशालाले आकार पाउने उनको भनाइ छ । त्यसका लागि अहिले उनी विभिन्न जिल्लामा उपयुक्त जग्गा हेर्न गइरहेका छन् ।

यस्तै, चलचित्र अभिनय र निर्माणमा लागेर नाम कमाएकी करिश्मा मानन्धर अहिले नयाँ शक्ति पार्टी नेपालसँग आबद्ध छिन् । पार्टी राजनीतिमा लागेपछि उनको चलचित्र अभिनय करिब करिब बन्दको स्थितिमा पुगेको छ । तैपनि उनी चलचित्रसँग सम्बन्धित गतिविधिमा सहभागी भने भइरहेकी छन् ।

२०७५ सालमा उनले १० कक्षा पास गर्ने संकल्प लिएकी छन् । यस वर्ष उनले कक्षा ९ को परीक्षा दिइन् । अर्को वर्ष एसइई उत्तीर्ण गरेपछि उच्च अध्ययन गरेर विद्यावारिधि गर्ने सपना करिश्माले लिएकी छन् । सोही कारण आफूले धेरै समय अहिले पढाइलाई दिएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!