साउदीमा जीवनको भिख माग्दै धनुषाका उमेश यादव (भिडियाेसहित)

काठमाडौं, चैत ३० । साउदी अरवमा रहेका  धनुषाका उमेश यादव जीवनको भिख माग्दैछन् ।

उनको समस्या समाधानका लागि सरकारले आवश्यक पहल नगरेको भन्दै सरकारको आलोचना समेत भैरहेकोछ ।

यसलाई  सञ्चारमाध्यमहरुले भने जोडतोडका साथ उठाएका छन् । उनका परिवारले सरकारसंग हारगुहार गरिररहेका छन् ।

उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो। जुनसुकै बेला कार्यान्वयन हुनसक्छ। पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन्।

त्यहीकारण फैसला कार्यान्वयन लामो समयदेखि रोकिएको हो। 

बाँकी भिडियाेमै हेराैँ ।

साउदीमा जीवनको भिख माग्दै धनुषाका उमेश यादव

Posted by काेलगैरी अाग्रेली on 12 ಏಪ್ರಿಲ್ 2018

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!