बर्दिया राष्ट्रिय निकुञ्जबाट हतियारसहित तीन शिकारी पक्राउ

बर्दिया, चैत्र २९ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट एक थान भरुवा बन्दुक सहित तीनजना शिकारी पक्राउ परेका छन् ।

बारबर्दिया नगरपालिका वडा नम्बर ९ को कलवारी फॉटाबाट हतियार सहित चोरी शिकार गर्ने स्थानीय मेघराज परियार, जनकराम थारु र कुन्नुराम थारु पक्राउ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले जानकारी दिए ।

उनीहरुका साथबाट भरुवा बन्दुक एक थान, रडको गोली एघार थान र बारुद बरामद गरिएको निकुञ्जले जनाएको छ ।

उनीहरु विरुद्ध चोरी शिकारी ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ । उनीहरुलाई बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय ठाकुरद्वाराको हिरासतमा राखिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!