दक्षिण एसियाली फूटबल महासंघको उपाध्यक्षमा कुँवर निर्वाचित

काठमाडौं, चैत २९ । अखिल नेपाल फूटबल संघका बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनका अध्यक्षका प्रत्यासी मणी कुँवर दक्षिण एसियाली फूटबल महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

बंगलादेशको ढाकामा भएको साफको कंग्रेसमा कुँवर उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन । चुनावमा कुँवरको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन ।

एन्फाको सदस्य हुँदै कार्यवाहक महासचिवबाट बरिष्ठ उपाध्यक्षसम्म पुगेका कुँवर नयाँ नेतृत्वका लागि हुन लागेको एन्फाको चुनावमा संस्थापन पक्षबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!