श्रृंखला खतिवडालाई मिस नेपालको उपाधि

काठमाडौं, चैत्र २९ । यस वर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । अन्य २४ प्रतिस्प्रर्धीलाई पछि पार्दै श्रृङ्खलाले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् ।

अन्तिम सातमा पर्न सफल भएका प्रतिस्प्रर्धीलाई निर्णायक गोविन्द गजुरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि तीनवटा काम के गर्नुपर्ला ?’ भनेर प्रश्न सोधेका थिए ।

सातमध्ये खतिवडाले उत्कृष्ट जवाफ दिदै ‘मिस नेपाल २०१८’ उपाधि हात पारेकी हुन् । उनलाई गत वर्षको मिस नेपाल निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् । श्रृङ्खलाले उपाधी जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् ।

त्यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई मिस नेपाल अर्थ नग्मा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । देवकोटाले उपाधाीसँगै १ लाख नगद पनि प्राप्त गरिन् र साथै मिस यूनिभर्समा सहभागी हुन पाउने छिन् ।

प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितिन् । त्यस्तै ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् । उनलाई सन् २०१७ कि ‘मिस नेपाल इन्टरनेशनल’ नीती शाहले क्राउन लगाइदिएकी थिइन् । काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल’मा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!