अब युएईमा समान कामका लागि महिला र पुरुषलाई समान ज्याला

काठमाडौं, चैत २९ । युएई सरकारले समान कामका लागि महिला र पुरुषलाई समान ज्याला दिने निर्णय गरेको छ । युएईको मन्त्रिपरिषदले समान ज्याला सम्बन्धी नयाँ कानुनको मस्यौदा पारित गरेको छ ।

महिला र पुरुषले समान काम गरेवापत समान ज्याला पाउने नयाँ कानून युएईको मन्त्रिपरिषदले गएको मंगलबार पारित गरेको बताइएको छ ।

समान ज्यालाको यो कानून महिला सशक्तिकारणका लागि राष्ट्रिय रणनीतिको रुपमा ल्याइएको युएई ुसरकारले जनाएको छ ।

यसअघि गएको मार्च एक तारिखदेखि महिलाले तीन महिने तलबसहितको बिदा पाउने निर्णय गरेको थियो ।

युएईको सार्वजनिक क्षेत्रमा ६६ प्रतिशत पुरुष र ३० प्रतिशत महिलाले नेतृत्व तहमा काम गरिरहेका छन् । अब ज्यालाको सम्बन्धमा महिला र पुरुषबीच कुनै असमानता नहुने युएईले जनाएको छ ।

नयाँ कानुनमा युएईको फेडरल नेशनल काउन्सिल र राष्ट्रपतिले हस्ताक्षर गर्न बाँकी छ । हस्ताक्षर भएपछि यो कानुन पूर्णरुपमा लागु हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!