पदयात्रामा हिँड्दा हिँड्दै जर्मनी नागरिकको मृत्यु

रसुवा । लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ ।

लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए ।

अहिले प्रहरी नायब उपरीक्षक शरत् कुमार थापा क्षेत्री हेलिकप्टरमा प्रहरी टोलीसहित घटनास्थलमा जानुभएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!