यसरी भयो मेलम्ची सुरुङको ब्रेक थ्रू, फोटोफिचर

मेलम्ची, चैत्र २९ । बुहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको आज अन्तिम ब्रेक थ्रू भएको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङको विशेष समारोहका बीचमा उपराष्ट्रपति नन्दबहादुर पुनले रिबन काटेर विधिवत रुपमा सुरुङको बे्रक थ्रू भयोको हो । समारोहमा खानेपानी मन्त्री बीना मगरसहित मन्त्रालयका उच्च अधिकारी, अायाेजना प्रमुखसहित ठूलाे संख्यामा स्थानीयकाे पनि उपस्थिति थियाे।

उपराष्ट्रपति पुन रिबन काटेर ९ किलोमिटर लामो सुरुङको बीच भागसम्म पुगेका छन् ।

माओवादी नेत्री बीना मगरले खानेपानी मन्त्रालयकोे जिम्मेवारी समालेपछि चैत्र ६ गते आयोजनाको स्थलगत भ्रमण गरी २५ दिनभित्र सुरुङ निर्माणको कार्य सम्पन्न गर्न निर्देशन दिनु भएको थियो ।

त्यसपछि मन्त्री मगरले निरन्तर रुपमा फलोअप गरेपछि चार दिन अगाडि चैत्र २७ गते राति नै सुरुङको अन्तिम ब्रेक थ्रू भएको थियो ।

सुरुङको ब्रेक थ्रू भएपनि सुरुङ निर्माणको कार्य सक्न कम्तिमा चार महिना लाग्ने बताइएको छ ।

तर खानेपानी मन्त्री मगर भने कम्तीमा पनि दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौंबासीको घारामा पुर्याउने लक्ष्यमा सक्रिय रुपमा लाग्नु भएको छ ।


कमेन्ट गर्नुहोस्

error: Content is protected !!