बस्नेत प्यानलको सप्राइज, चितवनबाट उम्मेदवारी घोषणा

चितवन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो वैैशाख ८ हुने निर्वाचनका लागि सरोज बस्नेत नेतृत्वको प्यानलले सबैलाई सप्राइज दिदै मोफसलबाट औपचारिक उमेदवारी घोषणा गरेको छ ।

बुधबार दिउँसो चितवनमा एक कार्यक्रमको आयोजना गर्दै बस्नेत प्यानलले उम्मेदवारीको औपचारिक घोषणा गरेको हो । इक्यान निर्वाचनमा सरोज बस्नेत र विष्णुहरि पाण्डे प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन ।

यता विष्णुहरि पाण्डे समूहले काठमाडौँको अल्फा हाउसमा उम्मेदवारी घोषणा गर्दै गर्दा इक्यानको इतिहासमै पहिलो पटक बस्ने समूहले काठमाडौँ बाहिरबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

‘२४ महिना २४ काम, सही नेतृत्व साझा इक्यान’ भन्ने नारा बोकी भिजन २०२० का साथ बस्नेत समुह चुनावि मैदानमा छ । प्यानल घोषणा पछि उपाध्यक्षका उमेद्वार राजेन्द्र रिजालले आफ्नो टिम केन्द्रीकृत मानसिकतामा नरहेको र केन्द्रदेखि मोफसलसम्मको भावनालाई प्रतिनिधित्व गर्दै सहि नेतृत्वमा सबैले राम्रो र हाम्रो भन्न सक्ने साझा इक्यान बनाउन आफूहरुले उमेद्वारी घोषणा गरेको बताए ।

उक्त घोषणा कार्यक्रममा इक्यान चितवनका अध्यक्ष भानु खरेलले बस्नेत टिमलाई विजयीको शुभकामना दिएका थिए ।

उक्त प्यानलबाट अध्यक्षमा सरोजकुमार बस्नेत, उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम केसी र ज्ञानेन्द्रमान जोशी, कोषाध्यक्षमा सुर्यबहादुर डाँगी, सह–कोषाध्यक्षमा राकेस श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन ।

त्यसैगरी सदस्यहरुमा प्रशान्त शाह, मणिराम रावत, दिपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री केसी, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मोनोरम शाहले उम्मेदवारी घोषणा गरेका छन । यस निर्वाचनमा आफ्नो प्यानल नै विजयी हुने दाबी बस्नेत प्यानलको रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!