नवलपरासी बुलिगंटारमा जीप खस्यो १ को मृत्यु, आठ घाईते

नवलपरासी, चैत्र २९। नवलपरासी बर्दघाट सुस्ता पूर्ब को बुलिगंटार गाउँपालिकाको सिमार्दी भन्ने ठाउँमा आज बिहान जीप खस्दा एकको ज्यान गएको छ भने आठ गम्भीर घाईते भएका छन् ।

बुलिगंटार गाउँपालिका वडा।नं ६ का वडाध्यक्ष सूर्यबहादुर राना मगरले दिनुभएको जानकारी अनुसार आज बिहान ७ बजे भारतीपुर बाट दलदले तर्फ आउँदै गरेको ग १ ज ५३३७ नंम्बरको जीप बुलिगंटार गाउँपालिका वडा।५ र ६ को बीचमा पर्नै सिमार्दी भन्ने ठाउँमा कच्ची सडक बाट जीप खस्दा घटनास्थलमा एक जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाईते भएका छन् ।

मृत्यु हुने र घाईते को हाल सम्म सनाखत हुन नसकेको र घाइतेहरुलाई अहिले उद्दार गर्ने काम भैरहेको र घटनास्थल दलदले बाट करीब ३५ किलोमिटर उत्तर तर्फ पहाडको खोचंमा परेको कारण कठिनाई भैरहेको वडाध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिनुभयो ।

घटना भयको स्थान बीकट भएको हुनाले स्थानमा हाल सम्म प्रहरी पुग्न नसकेको र स्थानीयले उद्दार कार्यमा सहयोग गरिरहको अध्यक्ष राना मगरले बताउनुभयो । घटनाको बिस्तृत बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!