यसवर्षको ‘मिस नेपाल’ श्रृङ्खला खतिवडा (तस्बिर सहित)

काठमाडौं, चैत्र २९ । हेटौडाकी श्रृङ्खला खतिवडा यसवर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड ’ घोषित भएकी छिन् ।

बुधबार राती सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले उपाधिमा कब्जा जमाइन् ।

खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।

यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेको घोषणा गरियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!