डीआइजी खरेलको राजीनामा स्वीकृत

काठमाडौं, चैत्र २८ । प्रहरी महानिरीक्षक (आइजीपी) का दाबेदार प्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।

सरकारले सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि असन्तुष्टि व्यक्त गर्दै उनले राजीनामा बुझाएका थिए । उनको राजीनामा गृह मन्त्रालयले बुधबारै स्वीकृत गरेको हो ।

खरेलले आफू अपमानित भएर काम नगर्ने बताउँदै राजीनामा दिएका थिए ।

उनी ०४५ सालबाट भलिबल खेलाडीका रुपमा सिपाहीबाट प्रहरी सेवा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!