विमान दुर्घटनामा २५७ जनाकाे मृत्यु

काठमाडौं, चैत्र २८ । अल्जेरियामा सेनाको विमान दुर्घटना हुँदा २५७ जनाको मृत्यु छ । मृत्यु हुनेमा अधिकांश सैनिक अधिकारी र उनीहरूका परिवारका सदस्य रहेकाे त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

राजधानी अल्जियर्सनजिक रहेको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै विमान दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा सबै सैनिक अधिकारीहरु रहेको रक्षा मन्त्रालयले बताएको छ । दुर्घटनामा चालक दलका १० जना सबैको मृत्यु भएको बताइएको छ ।

दुर्घटनाको कारण अहिलेसम्म पत्ता नलागेको अधिकारीहरुले बताएका छन् । तर प्रत्यक्षदर्शीका अनुसार विमान ठूलो धुवाँको मुस्लोसहित जमीनमा खसेको बताएका छन् । सेनाका प्रमुखले दुर्घटनाबारे अनुसन्धानका लागि आदेश दिइसकेको छन् भने घटनास्थलको भ्रमण जाने पनि उल्लेख छ ।

तर अधिकारीहरु उद्दार कार्य जारी रहेको जानकारी दिएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । अहिलेसम्म विमानमा कति जना थिए भन्ने बताइएको छैन ।

यसलाई सन २००३ पछिको दोस्रो ठूलो विमान दुर्घटना हो भने सन २०१४ पछि पहिलो । यसअघि सन २०१४ मा मलेसियन एयरलाइन्सको विमान दुर्घटना हुँदा २९८ जना अहिलेसम्म अज्ञात छन् । भने विमान पनि भेटिएको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!