दुई घण्टामा नेप्से ०.१२ ले घट्यो, ९ समूहमध्ये ४ समूहको परिसूचक बढ्यो

काठमाडौं । बुधवार नेप्से परिसूचकको कारोबार सुरु भएको दुई घण्टाको अवधिमा शून्य दशमलव १२ प्रतिशत घटेको छ । १ दशमलव ५० अंक घटेर परिसूचक १ हजार २ सय ६८ दशमलव ७३ विन्दुमा पुगेको छ । कारोबार भएको १० मिनेट बढेको बजार त्यसपछि यस समयमसम्म घटेको छ । १ हजार २ सय ५८ विन्दुबाट उकालो लाग्ने क्रममा रहेको नेप्से चार्टले बढ्ने सङ्केत गरेको देखाँउछ ।

कारोबार भएका १ सय २९ कम्पनीको रू. ७ करोड ७९ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका ९ समूहको परिसूचकमा चार समूहको परिसूचक बढेको छभने पाँच समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक कारोबार भएको तीनघण्टामा ०.१९ ले घट्यो

काठमाडौं । बुधवार नेप्से कारोबार सुरु भएको तीन घण्टामा शून्य दशमलव १९ प्रतिशत घटेको छ । कारोबार भएको केही समयदेखि घटेको बजार यस समयमा २ दशमलव ४३ अंक घटेर १ हजार २ सय ६७ दशलमव ८० विन्दुमा पुगेको छ । कारोबार भएका १ सय ४७ कम्पनीको रू. १३ करोड ७७ लाख बराबरको शेयर कारोबार भएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू। ६५ लाख ४१ हजार बराबरको सर्वाधिक शेयर कारोबार भएको छ । ९ समूहको परिसूचकमा होटल समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो ।

आर्थिक अभियान दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!