बिना अभ्यास नै दुई स्वर्ण पदक

बाजुरा,  चैत २८। बाजुराको सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् ।

सदरमुकाम मार्तडी जारी उक्त प्रतियोगितामा थापा तीन हजार मिटर दौड र एथ्लेटिक्सतर्फको ट्रिपल जम्पमा प्रथम भएका हुन्। जिल्लाको  बूढीगंगा नगरपालिकास्थित पशुपति माविमा अध्ययनरत थापा विद्यालयको तर्फबाट शिल्डमा सहभागी हुने एक्लो विद्यार्थी हुन् ।

यसअघि थापा कुनै पनि प्रतियोगितामा सहभागी नभएका थापाले भने, “पहिलो पटक जिल्ला स्तरको प्रतियोगितामा सहभागी भएको हुँ ।”

राष्ट्रपति रनिङ शिल्डमा जिल्लाका १४ वटा विद्यालयका खेलाडी सहभागी छन् । जिल्ला खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता भइरहेको छ ।

रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!