उडुसले टोकेकोमा १६ करोड क्षतिपूर्ति

काठमाडौं, चैत्र २८ । अमेरिकाको क्यालिफोर्निय राज्यको एक परिवारलाई उनीहरुको छोरालाई उडुसले टोकेर स्थायी रुपमा तर्सने बनेको भन्दै १६ लाख डलर क्षतिपूर्ति दिलाएको छ ।

सिभिल जुरीले उडुसले टोकेको मुद्दामा यतिका एउटा परिवारलाई यतिका धेरै क्षतिपूर्ति दिलाएको अमेरिकामै पहिलो पटक भएको दावी वकिलले गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

सन २०१२ मा ३४ वर्षीया लिलना मर्टिनेज्को परिवार क्यालिफोर्नियको इङ्लेउडको एक अपार्टमेन्टमा बस्न पुगेका थिए । तिनीहरुकोतीन वर्षीय छोरा जर्ज मार्भिल्लको अनुहारसहित शरिरका विभिन्न भागमा रातो दाग देखा पर्यो । अस्पतालमा जचाउन जाँदा त्यो उडुसले टोकेर भएको बताइयो ।

जव मैले त्यो देखें म डराएँ, यसअघि मैले त्यस्तो चिज देखेकै थिइन् लिलना मर्टिनेज्ले भनेकी छन् । उनले तीन महिनाकी छोरीलाई पनि उडुसले टोकेको बताएकी छिन् ।

उनीहरुले बारम्बार अपार्टमेन्ट व्यवस्थापनलाई भन्दा पनि समस्याको स्थायी समाधान नभएको र दुई वर्षपछि उक्त स्थान छाडेको बताइएको छ ।

यही मुद्दामा सिभिल जुरीले अमुस्मेन्ट सिक्स अपार्टमेन्टलाई उक्त क्षतिपूर्ति तिर्न आदेश दिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!