ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँ बढेको छ ।

मंगलबार बजारमा सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार सुनको मूल्य ह्वात्तै बढेर ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

मंगलबार बजारमा चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा बुधबार भने ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!