सुसाइड नोटमा प्रधानमन्त्री मोदीको नाम लेखेर कृषकले गरे अात्महत्या

काठमाडौं, चैत २८ । भारत महाराष्ट्रका एक जना कृषकले सुसाइड नोटमा प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लेखेका छन् ।

यसले सत्तारुढ बीजेपीलाई असहज बनाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

कृषकले आफ्नो मृत्युको जिम्मेवार मोदी सरकार भएको उल्लेख गरेका छन् ।

खेतमा भेटिएका कृषकको शवसंगै सुसाइड नोट फेला परेको हो ।

जसमा प्रधानमन्त्री मोदी सहित अन्य केहिकोा नाम समेत उल्लेख गरिएको छ ।

आत्महत्या गर्ने आफ्नो घातक कदममा सरकार जिम्मेवार रहेको ती कृषकले सुसाइड नोटमा उल्लेख गरेका छन् । ती कृषक राजुरवाडी गाउँका ५० बर्षका शंकर भाउरव रहेको बताएको छ । यस जिल्लामा कृषि संकट कायम रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!