जुकरबर्गद्वारा रूसबिरुद्द डाटा लीक गरेको स्वीकार,अमेरिकी सीनेटमा साढे ३ घण्टा लामो बयान

वासिङटन, चैत २८ । फेसबुक मालिक जकरबर्गले अमेरिकासँग मिलेर रूसबिरुद्द डाटा लीक गरेको स्वीकार गरेका छन् । यहि बिषायमा अमेरिकी सीनेटमा साढे तीन घण्टा लामो बयान भएकाे छ ।

मंगलवार रात करीब १२ बजे जुकरबर्ग को पेशी शुरू भएको थियो । यो पेशीको बयान साढ़े तीन घण्टा सम्म चल्यो ।

जुकरबर्गको जहाँ सुनवाई भयो त्यहाँ हिलेरी क्लिंटनको समेत मामलको सुनवाई भैसकेको छ ।

फेसबुक मालिक जुकरबर्गले अमेरिकासँग मिलेर रूसबिरुद्द डाटा लीक गरेको स्वीकार गरेका छन् ।

ब्रिटिश एनालिटिकाको डेटा लिक गरेको मामलामा फेसबुकका संस्थापक मार्क जुकरबर्ग अमेरिकी कांग्रेसको दुई वटै सीनेट कमेटीमा संयुक्त सेशनमा भएको थियो ।

बयानका क्रममा उनले डेटा लिक गरेको स्विकार गर्दै माफी मागेका छन् । तर फेसबुकप्रतिको विश्वासलाई जोगाउन धेरै सुधारको काम गरिरहेको पनि उनले बताएका छन् ।

‘यसमा मेरो गल्ती छ । हामीले पर्याप्त जिम्मेवारी निर्वाह गरेनौं, मलाई यसमा अफसोस छ,’ जुकरबर्गले भनेका छन् ।

उनले फेसबुक प्रयोगकर्ताको सुरक्षाका लागि नयाँ ‘टुल्स’ विकास गरिरहेको जानकारी दिए ।

यसअघि ९ करोड फेसबुक प्रयोगकर्ताको गोप्य जानकारी चोरी भएको फेसबुकले औपचारिक रुपमा स्वीकार गरेको थियो । अमेरिकी राष्ट्रपतिको चुनावको बेला ति डाटा चोरी भएको अनुमान छ ।

यसमा राजनीतिक परामर्श दिने संस्था क्याम्बि्रज एनालिटिकाले अवैधरुपमा डाटा चोरी गरेको फेसबुकको आरोप छ । उनले भविष्यमा यस्ता गल्ती दोहोरिन नदिन नियम तथा प्राविधिक सुधार गरिने प्रतिबद्धतासमेत जनाए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!