टेन्सवर्ग बियर दुवईपछि अस्ट्रेलिया, भारत र श्रीलंकासम्म निर्यात हुँदै

रुपन्देही जिल्लाको सौ फर्साटिकरमा रहेको टाईगर्स, बु्रहरी इण्डष्ट्रिज प्रा लि ले आफ्नो उत्पादन दुवई निर्यात पश्चात अस्टलिया, भारत, श्रीलंका निर्यातको तयारीमा लागेको छ ।
टाईगर, टेन्सवर्ग र लण्डन आईस ब्राण्डको बियर वोत्तल र क्यानमा उत्पादन गर्दै आएको उद्योगले बिदेशी बजारको माग अनुसार पछिल्लोपटक टेन्सवर्ग बियरको बोत्तलमा पुल अप क्यापमा उत्पादन सुरु गरेर उपभोक्ता र बिक्रेतालाई सहज वनाएको छ ।

उद्योगका संचालक तेजेन्द्र खड्का सरकारले उद्योग संचालनको राम्रो वातावरण वनाईदिए ईनटरनेशनल स्तरको नेपाली बियर उत्पादन बिदेसी बजारमा निर्यात गरि ठूलो राजस्व बिदेसीनवाट जोगाउन सकिने बताउँछन् ।
यदी प्रसस्त उत्पादन बिदेश पठाउन सक्ने हो भनी डलरको समस्यामा समेत कमी आउने उनको भनाई छ । पढाईमा डिग्री नगरेपनि अनुभवले खारीएका मेहनती, हठी स्वभावका उद्योगी खड्काले सरकारले वातावरण वनाईदिए अन्तराष्ट्रियस्तरको टेन्सवर्गको उत्पादन अव दुवई ,अष्ट्रेलियाको अलावा श्रीलंका समेत निर्यात गर्ने तयारी गरीरहेको उनी बताउँछन् ।
भारतमा बेभरेज कम्पनीमा २० औं वर्ष अनुभव बटुलेर नेपालमा उद्योग संचालनमा लाग्नु भएका खड्का सरकारलाई यस्ता उद्योग संचालनले राम्रो राजस्व प्राप्त हुने भएकोले सरकार स्वदेसी उद्योग संचालनका लागि सहज वातावरण वनाई हौसला बढाउनु पर्ने हुन्छ ।

करिब दुई अर्ब लगानीमा संचालनमा आएको यो आधुनिक टाईगर बु्रअरी इण्डष्ट्रिज प्रा। लि। ले गएको २ वर्ष देखि नेपाल टाईगस, लण्डन आईस र टेन्सवर्ग वियर उत्पादन गर्दै आएको वताउदै संचालक खड्का भन्नुहुन्छ यहाँ केही गर्छु भन्ने उद्योगि व्यवसायीलाई बिदेशमा जस्तो हौसला र सुबिदा छैन । यो बर्ष ६ महिनामा मात्र हामीले सरकारलाई ७० करोड बढी राजस्व बुझायौ । उत्पादन बढाउछौ, मेसीन थप्छौ बिदेश निर्यात गछौं भन्दा धेरै प्रकृया र समस्या पार गर्नु पर्छ उनी भन्छन् ।

करिव ५ बिगा जग्ग्गामा फैलिएको यो जर्मन प्रबिधिको आधुनिक उद्योगले दैनिक २० हजार पेटी उत्पादन क्षमता राखेपनि हाल १० हजार पेटि सम्म उत्पादन गर्दै आएको छ । जहाँ हाल ६ सय जनाले प्रत्यक्ष र अप्रत्यक्ष करिव २ हजार बढि कामदारले रोजगार पाएका छन् । जस्मा स्थानिय र महिलाको संख्या पनि बढी नै छ । यसको कच्चा पदार्थ जौ, गहुं, कनिका आदि भारतवाट आयात हुदै आएको उद्योगले जनाएको छ ।

भारतीयको समेत लगानी रहेको यो जर्मन प्रबिधिको उद्योगवाट उत्पादित टेन्सबर्ग प्रिमियमले काठमाण्डौँ पोखरा, लगायत पूर्व मेचीदेखि पश्चिमका मुख्य बजारमा राम्रो बजार लिदै गएको उद्योगको भनाई छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!