मेलम्चीको ‘ब्रेक थ्रु’पछि मन्त्री बीना मगरले भनिन – दसैंअघि काठमाडौंमा पानी अाउँछ

काठमाडौं, चैत २८ । मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको पनि ‘ब्रेक थ्रु’ भएको छ ।

७.५ किलोमिटर लामो अन्तिम सुरुङको सोमबार सिन्धु ग्याल्थुम खन्डमा ब्रेक थ्रु भएको हो ।

योसँगै २६ किलोमिटर लामो सुरुङ खन्ने काम सम्पन्न भएको खानेपानीमन्त्री बीना मगरले बताइन् ।

अब ‘हेडवक्र्स’को मुख्य संरचना, ‘भेन्ट साफ्ट’ तथा सुरुङको ‘फाइनल फिनिसिङ’ बाँकी रहेपनि केही महिनाभित्रै ती काम पनि सम्पन्न हुने उनको भनाइ थियो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ तीन खन्डमा विभाजन गरिएको थियो ।

सन् २०१० को जुन महिनादेखि खन्न थालिएको सुरुङमध्ये यसअघि दुईओटा खन्डको ब्रेक थ्रु भइसकेको छ ।

मन्त्री मगरले आगामी दसैंअघि नै काठमाडौंमा मेलम्ची आइसक्ने दाबी पनि गरिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!