नयाँ वर्षको अवसरमा नारायणगढ फूड फेस्टिवल–२०७५

चितवन, चैत्र २७ । नेवाः पुचः नारायणगढले नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल–२०७५’ गर्ने भएको छ ।

चैत्र २९ देखि बैशाख ३ गतेसम्म क्याम्पाचौरमा फुड फेस्टिबल हुने आयोजकले भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । फेस्टिवल प्रवेश निशुल्क छ ।

नया वर्ष मनाऔ “क्याम्पाचौर जाऔ, भन्ने मूल नाराका साथ कार्यक्रम हुने आयोजन नेवाः पुचः नारायणगढले बताएको छ । फेस्टिवलको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले उद्घाटन गर्नु हुनेछ ।

यसपालिको फुड फेस्टिवलमा रास्ट्रिय र स्थानीय कलाकारको प्रस्तुतिसहित भिमसेनको ठुलो मुर्ति राखिने नेवाःपुचः नारायणगढका अध्यक्ष एवं फुड फेस्टिवल समिति संयोजक ज्ञानेन्द्रमान शाक्यले बताए ।

५ दिनसम्म चल्ने फेस्टिबलमा करिब ८० वटा स्टल रहने छन् । खानाका पारखी हरु र स्थानीय तथा बाह्य पर्यटकलार्इ आकर्षित गर्ने गरि फेस्टिवल संचालन हुने शाक्यले जानकारी दिए ।

करिब २५ लाख खर्च हुने आयोजकको अनुमान छ । फेस्टिवललाइ सम्पन्न गर्न नेवास्पुचस्नारायणगढका अध्यक्ष ज्ञानेन्द्र मान शाक्यको संयोजकत्वमा १५ सदस्यीय मूल आयोजक समिति र ११ वटा उपसमिति गठन भएका छन् ।गोर्खा ब्रुअरी प्रालिको मुख्य प्रायोजन रहने फुड फेस्टिवलको प्रबद्दन उद्योग वाणिज्य संघले गर्ने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!