४ दिन अघि नै मेलम्ची सुरुङको ब्रेकथ्रू, २९ गते औपचारिक समारोह

काठमाडौं, चैत्र २७ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनको सुरुङको अन्तिम ब्रेक थ्रू भएको भएको छ । तर औपचारिक रुपमा भने बिहीबार एक भव्य समारोहका बीच अन्तिम ब्रेक थ्रू गरिने भएको छ ।

खानेपानी मन्त्री बीना मगरले मन्त्रालयकाे जिम्मेवारी सम्भालेपछि चैत्र ६ गते मेलम्ची ओयाजना निर्माणस्थलको भ्रमण गरी २५ दिन भित्र काम सक्ने गरी कार्य गर्न निर्देशन दिनु भएको थियो । त्यसपछि मन्त्री मगरले निरन्तर गरेको फलोअफले चार दिन अगाडि नै सुरुङको महत्वपूर्ण कार्य सकिने चरणमा पुगेको हो ।

मंगलबार मन्त्रायलमा पत्रकार सम्मेलन आयोजना गरी खनेपानी तथा सरसफाई मन्त्री बीना मगरले भनुनु भयो, ‘लामो समयको हामी सबैको प्रयास र मेहनतबाट सुरुङको सिन्धु–ग्याम्थुम खण्ड ७.५ किमी बे्रक थ्रू भएको छ । यो अन्तिम ब्रेक थ्रूपछि सुन्दारी जलबाट मेलम्ची हेडवक्र्ससम्म सुरुङ भित्रभित्रै पुग्न सकिने बवस्था बनेको छ । चैत्र २९ गते हुने एतिहासिक ब्रेक थ्रू विशेष कार्यक्रम प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायतको उपस्थितिमा हुने जानकारी गराउन पाउदा खुशी लागेको छ । यस अवसरलाई उत्सवका रुपमा बुझिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!