प्रहरीका आइजीपीसहित २६ उच्च अधिकृतले अवकाश पाउँदैं

काठमाडौं । नेपाल प्रहरीका प्रमुख (आइजीपी) प्रकाश अर्यालसहति २६ जना उच्च अधिकृतले यही चैत २८ गते (भोलि) देखि अवकाश पाउने भएका छन् । उनीहरु सबैले ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएका हुन ।

आइजीपी अर्यालसँगै १६ जना एआइजी, ९ जना डिआइजी र एक जना एसएसपी नियमित अवकाशमा जान लागेका नेपाल प्रहरीका प्रवक्ता नेउपानेले जानकारी दिए ।

आइजीपी अर्यालसँगै अवकाश पाउने एआइजीहरु डा। दिनेशचन्द्र पोखरेल, बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे रहेका छन् ।

एआईजी माधवप्रसाद जोशी, कमलसिंह बम, पंकज श्रेष्ठ, मिङमार लामा, माधव प्रसाद नेपाल, बिजयकुमार भट्ट, विजयलाल कायस्थ, मधु प्रसाद पुडासैनी, रणबहादुर चन्द र हेमन्तबहादुर पाल अवकाशमा जाने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै डिआईजीहरुमा गोविन्द प्रसाद निरौला, गणेश केसी, पुष्कलराज रेग्मी, रमेशकुमार भट्टराई, पुष्पचन्द्र रञ्जित, रोमेन्द्रसिंह देउजा, सुदिप आचार्य, केदारमानसिंह भण्डारी र भोग बहादुर थापा अवकाशमा जान लागेका हुन् ।

यस्तै एसएसपी विष्णुहरी गौतम पनि बुधबारबाट नै अवकाशमा जानेछन् ।

जसमध्ये एआईजी रणबहादुर चन्द र माधव प्रसाद नेपाल करिब १ महिनाअघि नै घरविदामा बसेका छन् । यता डिआईजीहरु भने कोही पनि अहिलेसम्म घरविदामा नबसेको प्रवक्ता नेउपानेले जानकारी दिए ।

सामान्यतः नेपाल प्रहरीमा पनि अवकाश भन्दा एक महिना पहिला घरविदामा बस्ने प्रचलन छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!