रासायनिक हमलाका दोषीहरूलाई कडा जवाफ दिइने : अमेरिका

न्युयोर्क। अमेरिकाले सिरियाको पूर्वी गुटाको डुमामा भएको रासायनिक हतियार आक्रमणका दोषीहरूलाई कडा जवाब दिइने जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रंपले उक्त रासायनिक हमलाको कडा जवाब दिइने र यसका निम्ति अमेरिकासँग कैयौं सैन्य विकल्प रहेको बताएका छन्।  उनले सोमवार यस घट्ना प्रति टिप्पिणी गर्दै यसबारे ‘चाँडै’ फैसला लिइने बताए।

ट्रंपले शनिवार डुमामा भएको घट्नामा को जिम्मेवार छ भन्नेबारे अमेरिकाले स्पष्ट हुन चाहिरहेको बताए।

राष्ट्रपति ट्रंपले सोमवार साँझ फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्राँसँग यसबारे कुरा गरे र दुवै नेताहरूले यसबारे शक्तिशाली प्रतिक्रिया जनाउने इच्छा व्यक्त गरेका हुन् ।

संयुक्त राष्ट्र संघमा अमेरिका भयो आक्रामक

उता संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अमेरिका र रुसबीच भएको आरोप-प्रत्यारोपले शीत-युद्धकालीन झल्को दिएको ।

सुरक्षा परिषद्मा रुसका प्रतिनिधि भासिली नेबेंज़ियाले सिरियाको डुमामा भएको घट्ना कपोकल्पित रहेको र यसको जवाफमा अमेरिकी सैन्य कारवाहीको परिणाम भयावह हुनसक्ने बताए ।

यसको प्रत्युत्तरमा अमेरिकी दुत निक्की हेलीले सिरियालाई सैन्य सहायता प्रदान गरिरहेको रुसका हात पनि ‘सिरियाका बच्चाहरूको रगत’ले लत्पतिएको आरोप लगाए ।

यस अघि संयुक्त राष्ट्र मानवाधिकार प्रमुखले विश्वका महाशक्ति राष्ट्रहरूले रासायनिक हतियारको प्रयोगलाई नजरअन्दाज गरेको आरोप लगाएका थिए ।

निक्की हेलीले सिरियाका राष्ट्रपति बसर अल-असदलाई ‘सैतान’को संज्ञा दिंदै संयुक्त राष्ट्र सुरक्षा परिषद् यस विरुद्ध कारवाही गरोस् नगरोस् अमेरिकाले कुनै न कुनै तरिकाले यसको जवाफ दिने चेतावनी दिए ।

उनले भने, “बैठकहरू चलिराखेका छन्, र चाँडै यसबारे कुनै महत्वपूर्ण फैसला लिइने छ । ”

के भन्छ रूस?

संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को बैठकमा रुसका प्रतिनिधिले डुमाको घट्ना विद्रोहीहरूले आफैँ घटाएको र यसमा अमेरिकाको समर्थन रहेको आरोप लगाएका छन् ।

उनले संयुक्त राष्ट्र संघका जाँचकर्ताहरूले तत्काल सिरिया गरेर घट्नाबारे छानबिन गर्नु पर्ने र उक्त कथित हमला भएको स्थानसम्म पुग्न रुसी सैनिकहरूले सहयोग गर्ने बताए ।

रुसले आफुलाई क्लोरिन या अन्य कुनै हानिकारक रसायनको प्रयोगको संकेत आफुले नपाएको बताएको छ ।

उता अमेरिकाले सिरियामाथि सैन्य हमला गरिने सम्भावनाहरू यथावत रहेको जनाएको छ । गत महिना मात्रै उसले सिरियाको हवाई अखाडामा क्रुज मिसाइलले आक्रमण गरेको थियो ।

सिरियामा विद्रोही नियन्त्रण वाला सेखोन क्षेत्रमा क्लोरिन ग्यासको प्रयोगबाट ८० जनाको ज्यान गएपछि उसले यस्तो कदम चालेको थियो ।  जाँचकर्ताहरूले यसका लागि सिरिया सरकारलाई जिम्मेवार ठहराएको थियो ।

सिरियाका राहतकर्मीहरूले शनिवार डुमामा विषाक्त ग्यास आक्रमणमा ७० जनाको मृत्यु भएको बताएका थिए ।  जबकि अमेरिकी विदेश विभागले मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने बताएको छ ।

सीरिया-अमेरीकन मेडिकल सोसाइटीले डुमामा मात्रै पाँच सय भन्दा बढी मानिसहरूलाई स्वास्थ्य केन्द्रमा ल्याइएको बताएको छ । उनीहरूले मानिसहरूमा सास फेर्न गाह्रो हुने, छालाको रङ्ग निलो हुने, मुखबाट फिँज आउने जस्ता समस्याहरू देखिएका थिए । बिबिसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!