कसरी र कहाँबाट सुरु भयो अमिताभ र जयाको जीवनयात्रा ? (हेर्नुहोस् फोटोफिचर)

मुम्बई । बलिउड अभिनेत्री जया बच्चन अहिले ७० वर्ष पुगेकी छिन् । उनको जन्म ९ अप्रिल १९४८ को जबलपुर (मध्यप्रदेश) मा भएको थियो । उनले थुप्रै बलिउड चलचित्रहरुमा काम गरिसकेकी छिन् । ती चलचित्रहरु हिट पनि भए । जया अभिनित थुप्रै चलचित्रहरु हिट भए पनि उनी भने अहिले चलचित्र क्षेत्रमा सक्रिय छैनन् ।

त्यस्तो समय थियो, जुन बेला अभिनेत्री जया चलचित्रमा काम गर्दा पूरा जोश जाँगरका साथ लगनशील भएर काम गर्ने गर्थिन् । यहाँसम्म कि चलचित्र ‘शोले’को सुटिङका क्रममा पनि उनी गर्भवती रहँदासम्म पनि उनी निरन्तर लागिपरेकी थिइन् । भन्नुपर्दा जया अाफ्नो कामप्रति निकै इमान्दार र लगनशील स्वभावका थिइन् । उनको पहिलो सन्तानका रुपमा अभिषेक बच्चनको जन्म भएको । १५ वर्षको उमेरमै उनले चलचित्र क्षेत्रबाट अाफ्नो करियर सुरु गरेकी थिइन् ।

१५ वर्षको किशोरी अवस्थादेखि उनी अभिनय क्षेत्रमा लागेकी हुन् । करियर बनाउने क्रममा उनले निर्देशक सत्यजीतको बंगाली फिल्म ‘महानगर’ मा सपोर्टिङ अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् ।

निर्देशक सत्यजीत रे बाट भएर प्रभावित भर्इ जयाले चलचित्र एण्ड टेलिभिजन इन्स्टिट्युट अफ इण्डियामा भर्ना भर्इ त्यहाँबाट उनले गोल्ड मेडल साथमा लिएर आएकी थिइन् ।

चर्चित अभिनेता डेनीको उनका नाम जया बच्चनले नै दिएकी थिइन् । उनी एफटीआईआईमा जयाभन्दा जुनियर थिए । डेनीका वास्तविक नाम ‘शेरिंग फैंटसो’ थियो ।

सुपरस्टार अमिताभ-जयाका केही पुराना र मीठा झलकहरु यी तस्विरहरुमा कैद गरिएको छ । एकपटक सबैले हेरौ‌ यो सानो झलक-

 

 

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!