उपासना र निरजले बिग्रेको सम्बन्धलाई अर्काे मौका दिए

निरजले भने– ‘अरुका कारण हामी आफ्नो सम्बन्धलाई किन बिगार्ने ?’

मुम्बई । कमेडी शाेका कपिल शर्माको अनस्क्रिन फुपूको भूमिका निर्वाह गरेकी उपसना सिंह लामाे समयदेखि टाढा रहेका श्रीमान निरजसँगको सम्बन्धलार्इ अर्को मौका दिएकी छिन् ।

एक रिपोर्टसका अनुसार निरजको साथमा फर्किएकी छिन् उनी । उपासना आफ्नो श्रीमान निरज भारद्वाजसँग पछिल्लो ६ वर्ष (२०१२) देखि अलग भएर बसेका थिए । उनले टिभी सिरियल ‘साथ निभाना साथिया’ का कलाकार निरज भारद्वाजसँग २००९ मा विवाह बन्धनमा बाँधिएकी थिइन् । विवाह भएको केही समयपछि दुवै जनाबीच केही आन्तरिक समस्याका कारण उनीहरुको सम्बन्धमा चिसाेपना छाएको थियो । जसले गर्दा दुवैजना टाढा हुन पुगे । बताएअनुसार उपासनाले कपिल शर्माको कमेडी शोमा ‘नाइट्स विद कपिल’मा कपिल शर्माकी फुपूको भूमिका निर्वाह गरेकी थिइन् ।

२०१६ मा उनीहरुको डिभोर्सको फाइल बन्यो 

उपासना सिंह विवाहपछि श्रीमानसँग २०१२ देखि छुट्टै बस्न थालेकी थिइन् । दुवैजनाले २०१६ मा सम्बन्धविच्छेदको निवेदन पनि दिएका थिए । तर, दुवैजनाले सम्झौता एकआपसमा गरे ।

लामो समयसम्म दुवै जनाबीच बोलचाल नै बन्द भइसकेका थिए । केही समयअघि मात्र दुवै जना एकआपसमा मिलेका छन् ।
उपासना र निरज एक साथ गंगटोक वेकेशन मनाउन गएका छन् । यतिमात्र होइन कि विहार आफ्नो वकिलसँग पछि भेटेर आएका छन् । निरज भारद्वाजले एक अन्तर्वार्तामा भने– ‘हामी एकअर्काबाट टाढा रहँदा सम्बन्ध झन् टाढा हुन पुग्यो । उनले भने बाहिरका केही व्यक्तिहरुका हामी किन अाफ्नो बिगार्ने ?

कसरी भयो दुवै जनाबीच अफेयर

अभिनेत्री उपासना सिंहले टिभी सिरियल ‘ऐ दिल–ए नादान’मा अभिनेता निरज भारद्वाजसँग एकसाथ काम गरेका थियौं । यसै समयमा दुवैजनाले एकअर्कासँग डेट जान सुरु गरेका थिए । विवाह गर्ने निर्णय पनि गरे । २००९ मा दुवैजनाले विवाह गरे । उपासनाले टिभी सिरियलबाहेक कैयौं फिल्महरुमा पनि काम गरिसकेकी छिन् । उनले फिल्म ‘डर’, ‘मैं प्रेमकी दिवानी हुँ’, ‘मुझसे सादी करोगी’, ‘ऐतराज’, ‘गोलमाल रिटन्र्स’ मा आइसकेकी छिन् । त्यस्तै, निरजले पनि कैयौं भोजपुरी फिल्ममा काम गरिसकेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!