स्कूल बस २०० फिट गहिरो खोंचमा खस्दा, २५ बालबािलकाकाे मृत्यु १५ घाइते

नूरपुर, चैत्र २६ । भारतको हिमाचल राज्यको कांगडा जिल्लाको नूरपुरमा सोमबार अपरान्ह स्कूल बस दुई सय फिट गहिरो खोंचमा खस्दा २५ बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १५ विद्यार्थी घाइते भएको बताइएको छ ।

रामसिंह पठानिया हाई पब्लिक स्कूलको बस पढाइ सकिएपछि विद्यार्थीलाई घर पुर्याउन जादैं गरेको समयमा पहाडी बाटोमा दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रारम्भिक जानकारीका अनुसार बसमा ६० जना बालबालिका सवार थिए । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय अधिकारीले बताएका छन् ।

चालकले नियन्त्रण गुमाउदा बस दुर्घटना भएको बताइएको छ । बसभित्र फसेका विद्यार्थीलाई ग्यास कटरले काटेर निकालिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!