नेपाल र भारत जस्तो भाइचार सम्बन्ध अरु हुनै सक्दैन : मन्त्री बोहरा

धनगढी, कैलाली २६ । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भारतसंगको नेपालको सम्बन्ध परापुर्वकालदेखि रहेको बताउदै आगामी दिनमा अझै सुमधुर र प्रगाढ बनाउनु पर्ने बताउनु भएको छ ।

सोमबार कैलालीको धनगढीमा आयोजना गरेको नेपाल भारत मैत्री संघको २०७५ सालको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री बोहराले उक्त कुरा बताउनु भएको हो ।

नेपाल र भारतको सीमा खुला भएको हुँदा संसारमा नेपाल र भारत जस्तो भाइचार सम्बन्ध अरु हुनै नसक्ने मन्त्री बोहराको दाबी छ ।ले बताउनु भयो । भारत विश्वको चार महाशक्तिको रुपमा उदाएकोे छ । हामीले भारतको बजारसंग सहकार्य गरेर नेपाल भारतको सम्बन्धलाई आर्थिक र कूटनीतिक रुपमा अझ सुमधुर बनाउन प्रदेश सरकार संघीय सरकारको सहकार्यमा पहल गर्ने बताउनु भयो ।

आर्थिक वर्ष ०७४÷०७५ ७ महिनाको बैदेशिक व्यापार घाटाको ६ खर्व १४ अर्ब रहेको र त्यसको ६४.८ प्रतिशत ४ खर्ब ५ अर्ब व्यापार घाटा भारत संग मात्रै रहेको मन्त्री बोहराले बताउनु भयो । भारत संगको खाद्यान्नमा हुने व्यापार घाटा मात्र हेर्दा चामलमा १७ अर्ब,७ अर्ब तरकारी,३ अर्ब फलफुल र १३ अर्ब खानेतेलमा गरि जम्मा ४० अर्ब रहेको मन्त्री बोहराले बताउनुभयो ।

कृषिमा रहको व्यापर घाटा घटाउन प्रदेश सरकारले कृषिलाई विशेष प्रथमिकतामा राखेर अब प्रदेश सरकारले कृषिलाई आधुनिकीकरण,व्यवसायीकरण र यान्त्रीकरणको बाटो अबलम्ब गर्नु प्याकेजमा कार्यक्रम ल्याउने समेत बताउनु भयो ।

नेपाल भारत मैत्री संघले आयोजनागरको उक्त कार्यक्रमको अध्यक्षता नेपाल भारत मैत्री संघल अध्यक्ष हरि शंकर ठाकुरले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!