कंगो र सुडान भ्रमणबाट फर्किए प्रधानसेनापति क्षत्री

काठमाडौं, चैत्र २६ । प्रधानसेनापति राजेन्द्र क्षत्री एक साता लामो कंगो र दक्षिणी सुडान भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

शान्ति मिसन अन्तर्गत नेपाली सेना कार्यरत अफ्रिकी मुलुक कंगो र सुडानकोबाट सोमबार प्रधानसेनापति क्षत्री स्वेदश फर्किएका हुन । क्षत्री गत चैत्र १९ गते कंगो र दक्षिण सुडान भ्रमणमा गएका थिए ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।

भ्रमणमा उनले त्यहाँका फोर्स कमाण्डरदेखि राष्ट्र संघका उच्च अधिकारीसँ पनि भेटर्वार्ता गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!