यी हुन ७ न‌ं प्रदेश मन्त्रिपरिषदका निर्णय

धनगढी, चैत्र २६ । प्रदेश नं ७ को मन्त्रिपरिषदको बैठक सकिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले खडेरी, हुरीबताससहितको असिना पानीले खेतीबालीमा पुर्याएको क्षतिको विवरण संकलन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रदेशका पहाडी र तराईका जिल्लाहरुमा खडेरी एवं असिना पानीले बालीनालीमा ठूलो क्षती पुगेपछि नागरिकलाई राहत दिन विवरण संकलन गर्ने निर्णय गरेको हो ।

सात नम्बर प्रदेशका ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत क्षतीको विवरण संकलन गर्ने निर्णय भएकोे आन्तरिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता प्रकाश शाहले जानकारी दिनु भयो ।

वालीनालीमा पुगेको क्षतिका आधारमा किसानहरुलाई क्षतिपूर्तीकाे व्यवस्था मिलाउन प्रदेश सरकारले तत्काल विवरण संकलन गर्ने निर्णय गरेको प्रवक्ता शाहले बताउनु भयो ।

त्यसैगरी बैठकले चालु आर्थिक वर्षकोे बाँकी अवधिका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ । साथै बैठकले सार्वजनिका लिखत प्रमाणीकरण विधेयक तर्जुमाको लागि सैद्धान्तिक सहमति पनि दिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!