नेपाली जनताको शक्ति नै ओलीको कूटनीतिक सफलताको आधार : नेता भट्टराई

भक्तपुर । नेकपा एमालेका नेता निर्मल भट्टराईले वर्तमान सरकारले जनताको अपार समर्थन पाएको कारण नै एमालेका अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओलीको भारत भ्रमण इतिहासमै सबैभन्दा सफल भएको बताएका छन् ।

भक्तपुरमा आयोजित नेकपा एमालेको एक भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले अगाडि भने– ‘ओली नेतृत्वको स्थिर र शक्तिशाली सरकारको सामु भारतीय संस्थापन पक्ष पनि नतमस्तक बन्नुपर्ने अवस्था आयो र नेपाली जनताले शिर झुकाउनु परेन ।

सो भेलालाई सम्बोधन गर्दै नेकपा एमाले भक्तपुरका कार्यवाहक अध्यक्ष वचन देउजाले पार्टीले जनप्रतिनिधिलाई समयमै नियन्त्रण र निर्देशन नगरे स्थानीय तहमा अराजकता र भ्रष्टाचार बढ्ने खतरा रहेको बताए ।

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले जनप्रतिनिधिहरुले सम्बन्धित तहको पार्टी कमिटीको निर्णय बमोजिम चल्नुपर्ने बताए । उनले भने– ‘पार्टीको बलमा हामीले चुनाव जितेको हो, अहिले आफू खुशी चल्न मिल्दैन ।

भेलालाई स्थानीय नेताहरु विष्णु गुमाञ्जु र श्रीकृष्ण बासुले भुकम्पपीडित जनताका गुनासा नगरपालिकाले अविलम्ब सम्बोधन गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!