एमाले–माओवादी एकता र नयाँ वैचारिक धार

२१आैं शताब्दीमा सर्वहारा वर्गको क्रान्तिको विचार एवं राजनीतिक कार्यदिशाको प्रश्न मालेमावादको विचार र दर्शनको विकासको सैद्धान्तिक महŒवको प्रश्न एउटा मुख्य सवाल हो । एमाले–माओवादी वामपन्थी पार्टी एकताले नयाँ वैचारिक तथा राजनीतिक कार्यदिशाको विकासमा जोड दिएको छ ।

ऊ भन्छ– अहिले पनि जडसूत्रीय ढंगबाट नेपाली क्रान्तिलाई बुझ्ने दृष्टिमा कार्यदिशा निर्माण गर्नुहँुदैन । यसले दक्षिणपन्थी विर्सजनवाद वैचारिक विचलन र संशोधनवादी धारलाई विकास गर्छ ।

नेपाली क्रान्तिमा दक्षिणपन्थी संशोधनवादी कार्यदिशाले वामपन्थी जडसूत्रवादी दुस्साहसवादी धारको प्रतिनिधित्व गरिरहेको छ । यो मालेवादको विकासमा एउटा ठूलो अन्तर्संघर्षका रूपमा आएको छ ।

वामपन्थी एकताले पुरानो प्रतिक्रियावादी राज्यसत्ताको आकारमा फेरबदल आएको छ ।

अहिले एमाले र माओवादी केन्द्रबीचको गठजोड तथा वामपन्थी एकताको निर्माणले एउटा पुरानो वर्गविरुद्ध विशेष किसिमको उथलपुथल ल्याएको कुरा साँचो हो । वामपन्थी एकताले पुरानो प्रतिक्रियावादी राज्यसत्ताको आकारमा फेरबदल आएको छ ।

समाजमा राजनीतिक रूपले बुर्जुवा, पिटी बुर्जुवार सामन्त ठालु वर्गको प्रतिनिधित्व गर्दै आएको नेपाली कांग्रेसको राजनीतिक वर्चस्वलाई विस्थापित गर्न सफल भयो, यो वाम गठबन्धनले । नेपाली कांग्रेसले सम्हाल्दै आएको सामन्ती धारको राजनीतिक आर्थिक प्रतिनिधित्वलाई अहिले मात्रात्मक रूपमा वामपन्थी गठबन्धन गर्न पराजित गर्न सक्यो ।

यही आधारमा वाम एकताले मालेमावादको क्रान्तिकारी सर्वहारा वर्गीय धारलाई आत्मसात् गरेर क्रान्तिकारी कम्युनिस्ट धारलाई अघि बढ्नैपर्छ । अर्थात् वाम एकता विशुद्ध नेपाली क्रान्तिको परिधिभित्र रहेर यसले क्रान्तिकारी धारलाई समाउन अनिवार्य हुन्छ ।

तर, विप्लव माओवादीले आफूले मात्र नेपाली मालेवादलाई प्रतिनिधित्व गर्ने क्रान्तिकारी शक्ति हो भनिरहेको छ । उसले आफूले मालेमावादलाई क्रान्तिको आदर्श सिद्धान्त मान्दै एकीकृत क्रान्ति गर्ने भनेर थप नयाँ कार्यदिशासहित अगाडि बढेको छ ।

जसले क्रान्ति र प्रतिक्रान्तिको राजनीतिक अन्तर्विरोध फेरिएको अवस्थामा रहेको छ । जे भने पनि नेपाली राज्यसत्ता अहिले पनि विदेशी प्रतिक्रियावादी शक्तिको संरक्षणमा टिकेको छ ।

वामपन्थी सरकारले आफूलाई राष्ट्रियता, जनजीविका र जनतन्त्रको सवालमा अडिग भएर अगाडि बढेको स्पष्ट चित्र देख्न सकिँदैन ।

तर, त्यो अहिलेको सत्ताले मात्रात्मक रूपमा केही राष्ट्रियताको सवालमा अडान राख्न कोसिस गरेको भान देखिन्छ । तर, यो वामपन्थी सरकारले आफूलाई राष्ट्रियता, जनजीविका र जनतन्त्रको सवालमा अडिग भएर अगाडि बढेको स्पष्ट चित्र देख्न सकिँदैन ।

एमाले–माओवादी वामपन्थी पार्टीले पनि यही संसदीय पँुजीवादी लोकतान्त्रिक राजनीतिक व्यवस्थामा रमाउने यसको भरणपोषणमा समर्पित रहने कुरा स्पष्ट देखिएको छ । अहिले एमाले–माओवादी पार्टी एकताबारेको १३ शीर्षकमा ४२ पृष्ठको राजनीतिक प्रतिवेदन तयार गरेर प्रस्तुत गरेको छ ।

जसमा एकीकृत पार्टीको राजनीतिक मार्गदर्शक सिद्धान्तमा माक्र्सवाद–लेनिनवाद भनिएको छ । अहिले पार्टीको मुख्य कार्यदिशा समाजवादको आधार निर्माण गर्ने राखिएको छ । यसको रणनीतिक लक्ष्य समाजवादी क्रान्ति रहेको छ ।

तर, यसको समाजवादसम्म पुग्ने बाटोमा भने शान्तिपूर्ण प्रतिस्पर्धा रहेको छ । अर्कोतर्फ समाजवादको मोडल बहुलवादी विशेषताको समाजवादको अभ्यासमा आउने भनिएको छ । तर, नेपाली समाजको अहिलेको वर्गीय चरित्रदलाल पुँजीवाद हावी भएको अवस्थाबाट गुजारिरहेको छ ।

एमाले–माओवादीको एकीकृत पार्टीको मुख्य कार्यदिशा पुँजीवादी जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण गर्ने भनिएको छ । यसका लागि समाजवाद उन्मुख राष्ट्रिय पुँजीवादको विकास गर्दै सामाजिक न्यायसहित नयाँ राज्यको स्थापना गर्ने भनिएको छ ।

समाजवादको रणनीतिक लक्ष्यमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएपछि आम रूपमा समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्ने कुरा स्वाभाविक हो ।

समाजवादको रणनीतिक लक्ष्यमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएपछि आम रूपमा समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गर्ने कुरा स्वाभाविक हो । तर, यसले नेपाली क्रान्तिको दीर्घकालीन वर्ग संघर्षको आवश्यकतालाई आमन्त्रण गर्छ ।

जसले समाजवादी क्रान्ति सम्पन्न गर्न वस्तुगत आधारहरूको विकास गर्दै जान्छ । यसकारण नेपाली क्रान्तिको रणनीतिक लक्ष्य अहिले समाजवाद निर्माणको चरणसम्म होला तर दीर्घकालीन लक्ष्य साम्यवादसम्म पुग्दै राज्यको विलोपीकरणका चरण पार गर्दै अघि बढ्ने एक दूरगामी लक्ष्य राख्नु अनिवार्य हुन्छ ।

क्रान्तिको रणनीतिक लक्ष्य समाजवादमा मात्र सीमित हुने होइन, साम्यवादसम्म पुग्ने भन्ने हो । त्यही दूरगामी लक्ष्यबाट पार्टी एकता चालू राख्नुपर्छ । तर, समाजवादी राज्यसत्ता प्राप्त गर्ने सवालमा यसको बाटो शान्तिपूर्ण प्रतिस्पर्धा हुने भनिएको छ ।

यही बहुदलीय संसदीय राजनीतिक प्रतिस्पर्धाबाट समाजवादमा पुग्न सक्छौं भन्ने वैचारिक धार राखेको हुनुपर्छ । तर, यो पार्टी एकताले मालेमावादको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको वर्गसंघर्षको अपराजय शक्तिलाई सही रूपमा ग्रहण गरेको देखिँदैन ।

शान्तिपूर्ण तरिकाले चुनावी प्रतिस्पर्धाबाट समाजवाद ल्याउँछौं भन्ने आधारमा पार्टी एकताको वैचारिक लाइन अडेको देखिन्छ । अर्थात् वामपन्थी पार्टी एकताले बल प्रयोगको सार्वभौम सिद्धान्तलाई अस्वीकार गरेको प्रतीत हुन्छ ।

शान्तिपूर्ण संघर्ष र शान्तिपूर्ण चुनावी प्रतिस्पर्धाको बाटोबाट समाजवाद निर्माण गर्ने विचार दिएको छ । हाम्रो देशको विशिष्ट सन्दर्भमा शान्ति प्रक्रियाबाट समाजवाद सम्भव छ भन्ने सवालमा दुई पार्टी सहमत भएको देखिन्छन् ।

संविधानमा नै राज्य समाजवाद उन्मुख भएर जाने भनेकाले यो संविधानमा लेखेबमोजिम राज्यको सार्वभौमिकता अखण्डता तथा जनताको सार्वभौमिकताबाहेक सबै विषय आवश्यकताअनुसार संविधान संशोधन गरी परिवर्तन गर्न सकिने अवस्था छ ।

संविधानमा नै राज्य समाजवाद उन्मुख भएर जाने भनेकाले यो संविधानमा लेखेबमोजिम राज्यको सार्वभौमिकता अखण्डता तथा जनताको सार्वभौमिकताबाहेक सबै विषय आवश्यकताअनुसार संविधान संशोधन गरी परिवर्तन गर्न सकिने अवस्था छ ।

त्यहीबाट समाजवाद ल्याउन सक्छौं भन्ने सोचमा एमाले–माओवादी पार्टी एकताको सोचले निर्णय दिएको देखिन्छ । अब यसका लागि छुट्टै सशस्त्र क्रान्ति गर्नुपर्ने आवश्यकता पर्दैन भन्ने आधारमा वामपार्टी एकताबद्ध हुने देखिन्छ ।

समाजवादबारे उनीहरूको धारणा बुर्जुवा प्रजातान्त्रिक मोडेलको सामाजवाद पनि नभएको र पूर्वसोभियत संघको कम्युनिस्ट मोडेलको समाजवाद नभएको भनिएको छ तर कस्तो समाजवाद हो त भन्ने विषयमा स्पष्ट विचार दिने कोसिस गरेको देखिएको छैन ।

नेपाली समाजको वर्गचरित्र दलाल पुँजीवादी हावी भएको छ भनिएको छ तर यसले समाजलाई कुन आधारमा अवरोध खडा गरेको छ भन्नेबारे स्पष्ट परिभाषा दिन खोजिएको छैन । अर्कोतर्फ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद र लेनिनवाद भनेको छ, माओवालाई छाडेको छ ।

तर, एमालेको जनताको बहुदलीय जनवाद र माओवादी पार्टीको माओवाद र २१आंै शताब्दीमा जनवादको वैचारिक अन्तरविरोधलाई महाधिवेशनमा विधिवत परिमार्जन र विकास गर्ने भनिएको छ ।

जनयुद्धले सिर्जना गरेको उत्पीडित सर्वहारा वर्गमा ल्याएको उच्च चेतना, सांस्कृतिक जागरण, जनता संगठित हुने र आन्दोलित हुने मनोभावनालाई स्वीकार गरेको छ ।

अहिले दुई वामपार्टीको सम्झौताले जनयुद्धको उपलब्धिलाई स्वीकार गरेको छ । विगतमा जनताको आन्दोलनको महान् पहललाई सम्मान गर्ने सवालमा पार्टी एकताबाट स्वीकार गर्दै अघि बढ्ने भनिएको छ । जसमा नेकपा माओवादीद्वारा चालू भएको १० वर्षको महान् जनयुद्धले सिर्जना गरेको उत्पीडित सर्वहारा वर्गमा ल्याएको उच्च चेतना, सांस्कृतिक जागरण, जनता संगठित हुने र आन्दोलित हुने मनोभावनालाई स्वीकार गरेको छ ।

त्यस्तै, जबजले ल्याएको कम्युनिस्ट पार्टीलाई जनतासम्म पुग्ने आधार र जनयुद्धले स्थापित गरेको समानुपातिक समावेशीकरणको मुद्दाले पुँजीवादी क्रान्ति पूरा गर्न सहयोग गरेको भनिएको छ ।

त्यस्तै यो एकताबद्ध वामपन्थी पार्टीले अन्य साना कम्युनिस्ट वामपन्थी पार्टीसँग समेत बृहत् एकताको नीति पनि लिएको देखिन्छ । उनीहरूको उग्रवामपन्थी, जडसूत्रीय, संकीर्ण आत्मकेन्द्रित चिन्तन नीति र व्यवहारको आलोचना गर्दै ती पार्टीलाई वामपन्थी एकतामा ल्याउन पहल र प्रयत्न गर्ने भनिएको छ । राजधानीदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!