मन्त्री यादव भारत जादैं

काठमाडौं, चैत २६ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री एवं माओवादी नेता मात्रृकाप्रसाद यादव पाँच दिने भारत भ्रमणमा जाने भएका छन् ।

भारतको नयाँ दिल्लीमा हुन लागेको इन्टरनेसनल इनर्जी फोरम (आइइएफ) मा भाग लिन सोमबार बेलुका मन्त्री यादव दिल्ली जान लागेका हुन् ।

मन्त्री यादवले फोरममा नेपालमा ऊर्जाको अवस्थाबारे कुरा राख्ने बताइएको छ । चैत ३० गतेसम्म भारतमा रहँदा मन्त्री यादवले भारतका वाणिज्य मन्त्रीसँग भेट गर्ने औपचारिक कार्यक्रम समेत तय भएको छ ।

त्यस्तै सरकारले उपभोक्ता र उद्योग क्षेत्रका समस्या समाधानका लागि गुनासो व्यवस्थापन कक्ष खडा गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार उक्त कक्षको औपचारिक उद्घाटन गर्न लागेको मन्त्रालयले जनाएको छ ।

गुनासो व्यवस्थापन कक्षमा उद्योग क्षेत्रका र उपभोक्ताहरूका समस्या दर्ता गर्न सकिने र तत्काल व्यवस्थापनका लागि पहल गरिने मन्त्रालयले जनाएको छ । गुनासो व्यवस्थापन कक्षमा एकजना अधिकृत रहनेछन् भने एउटा टोलफ्री नम्बर समेत रहनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!