नेप्सेको सुरुवाती एकघण्टाको कारोबारमा दोहोरो अ‌ंकले वृद्धि

काठमाडौं । सोमबार नेप्से परिसूचक १ हजार ३ सय १५ दशमलव ६२ विन्दुमा पुगेको छ । कारोबार शुरु भएदेखि नै उतारचढावमा रहेको परिसूचक १ घण्टाको व्यापारमा १ दशमलव ६२ प्रतिशत अर्थात् २० दशमलव ९७ अङ्क बढेको हो ।

यस व्यापार अवधिमा १ सय ३७ कम्पनीको २ हजार ७ सय ४४ पटकको व्यापारमा रू। २१ करोड ५२ लाख बराबरको शेयर कारोबार भएको हो । सबै समूहको परिसूचक बढेपछि समग्र बजार उकालो लागेको हो ।

बीमा समूहको परिसूचक ३ दशमलव १८ प्रतिशत र लघुवित्तको २ दशमलव ७१ प्रतिशत बढेको छ ।

साथै, बैङ्किङ समूहको परिसूचक १ दशमलव ३ प्रतिशत, ‘अन्य’ समूहको १ दशमलव ३, जलविद्युतको १ दशमलव २५, उत्पादन तथा प्रशोधनको १ दशमलव १८, होटलको १ दशमलव शून्य ४, विकास बैङ्कको शून्य दशमलव ८५ र वित्त कम्पनकिो शून्य दशमलव शून्य ७ प्रतिशत बढेको हो । व्यापार समूह भने स्थिर रहेको छ । आर्थिक अभियान दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!