सोमबारदेखि चलचित्र ‘स्टुडेन्ट अफ दि इयर’को सिक्वेलको सुटिङ सुरु

मुम्बई । हिन्दी चलचित्र ‘स्टुडेन्ट अफ द इयर’ ६ वर्षअघि रिलिज भएको सुपरहिट चलचित्रको सिक्वेलको सुटिङ सोमबारदेखि सुरु भएको छ ।

अभिनेत्री आलिया भट्टलाई बलिउडमा स्थापित गराउने यो रोमान्टिक कमेडी ड्रामा फिल्मको निर्देशन करण जौहरले गरेका थिए । सन् २०१२ मा सबैभन्दा बढी कमाउने बनेको थियो यो फिल्म।

फिल्ममा सिद्धार्थ मल्होत्रा र वरुण धवनको मुख्य भूमिका थियो । सिक्वेलमा भने टाइगर श्रोफ हुनेछन् । उनको अपोजिटमा को हुने सार्वजनिक गरिएको छैन।

२०१८ कै नोभेम्बरमा यो फिल्म रिलिज गर्ने लक्ष्य राखिएको छ। एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!