काभ्रेको बिहावरमा पहिलो पर्यटन महोत्सव हुँदै

काभ्रे, चैत २६ । काभ्रेको बिहावरमा पहिलोपटक ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’ हुने भएको छ ।

आगामी वैशाख १५, १६ र १७ गते हुने पहिलो पर्यटन महोत्सवको उद्घाटन पर्यटनमन्त्री रविन्द्र अधिकारी र संचारराज्यमन्त्री गोकुल बास्कोटाले गर्ने भएका छन् ।

बिहावर क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषयको प्रवद्र्धनकासाथै हिमाल, वनजंगलको दृश्यावलोकनका र प्याराग्लाइडिङ, साइक्लिङको माध्यमबाट साहसिक पर्यटनको नयाँ गन्तव्यको रुपमा प्रवद्र्धन गर्नका लागि महोत्वसको आयोजना गर्न लागेको कुशादेवी सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिएका छन ।

बिहावर क्षेत्र भक्तपुर, ललितपुरको महालक्ष्मी नगरपालिका, फूलचोकी क्षेत्रसम्म सीमा जोडिएको छ । यो क्षेत्र काठमाडौंबाट भक्तपुर, बनेपा, पनौती हुँदै ४२ किलोमिटरको दुरीमा छ भने ललितपुरको ग्वार्को, लाकुरीभन्ज्याङ,मानेदोभान हुँदै २१ किलोमिटर टाढा पर्छ ।

महोत्सवको उद्घाटन वैशाख १५ गते १२ बजे गुर्दुमडाँडामा प्याराग्लाइडिङ बाट हुँदै छ । यस अघि नै प्याराग्लाइडिङको परीक्षण उडान भइसकेको छ । पहिलोपटकको परीक्षण उडानपछि प्याराग्लाइडिङ उडानका लागि अनुमति लिइसकिएको समाजका सचिव अधिकारीले जानकारी दिएका छन ।

१६ र १७ वैशाखमा म्याराथन, साइक्लिङ हुनेछ । खुल्ला म्याराथन कुशादेवीको पशुपति मन्दिरबाट सुरु भइ पाँचकन्या, रानीकोट, मुरलीखोला, मानेदोभान, पर्खालचौर हुँुँदै मन्दिरमैं पुगेर टुंगिनेछ । यसको लागि एभरेष्ट म्याराथनले सहयोग गर्ने जानकारी अधिकारीले दिए । प्याराग्लाइडिङ को लागि हिमालयन एडभेन्चरको दीपक राईको टोलीले संयोजन गर्नेछ ।

त्यस्तै महोत्सव अन्तर्गत साइक्लिङ इभेन्ट पनि हुँदैछ । यसको लागि माउन्टेन बाइक एसोसियसनले पनि सहयोग गर्दैछ । साइक्लिङ लाकुरी भन्ज्याङ, लठ्ठा भन्ज्या भन्ज्याङ, खानीडाँडा, मानेदोभान, पर्खालचौर हुुँदै कुशादेवीमा पुगेर टुंगिनेछ ।

बजार महोत्सव पनि हुने

स्थानीय उत्पादनको प्रदर्शन, बिक्रीवितरण र सांस्कृतिक कार्यक्रम पनि महोत्सव अन्तर्गत हुँदैछ । यसको लागि मानेदोभान, पर्खालचौधरी, कुशादेवी, चालिसेसम्मका बजारमा स्टल रहनेछन् । जहाँ स्थानीय स्तरमा उत्पादन भएका खाद्यान्न, फलफूल, तरकारी बिक्रीवितरणका लागि राखिनेछ । मुख्य बजारमा स्वागत गेट बनाउँने तयारी भएको अधिकारीले बताएका छन ।

महोत्सवमा स्थानीय खैजेडी भजन टोली, लामाको झाक्री नाँच देखाइनुका साथै दोहोरी गीतसहितका सांस्कृतिक कार्यक्रम पनि हुनेछ । समाजले गर्न लागेको महोत्सवमा पनौती नगरपालिका, टानसहितका संस्थाले पनि सहयोग गर्दैछन् ।

काठमाडौंबाट ४२ किलोमिटरको सडक दुरीमा रहेको काभ्रेको बिहावर क्षेत्रको गुर्दुमडाँडाबाट अधिकांश हिमश्रृखला देख्न सकिन्छ । साथै, फूलचोकी जंगलमा चराचुरुङगी, लालीगुराँस, जंगली जनावर, जडिबुटी, विभिन्न फूलहरु, पुतलीको अवलोकन पनि गर्न सकिनेछ । यस अघि पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि साइक्लिङको परीक्षण उडान, साइक्लिङ, हाइकिङसहितका प्रवद्र्धनात्मक कार्यक्रम भइसकेका छन् । नागीडाँडामा गुम्बा बनाउँनका लागिसमेत पहल भइरहेको अधिकारिले जानकारी दिएका छन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!