फोरम नेपाल तत्काल सरकारमा जानेबारे छलफलमा जुट्दै

काठमाडौं, चैत २६ । संघीय समाजवादी फोरम, नेपाल तत्काल केपी ओली सरकारमा सहभागी हुनेबारे छलफलमा जुट्दै छ ।

कार्यसम्पादन समितिको बैठकले संविधान संशोधन लगायतका विषयमा सत्तारुढ एमाले र माओवादी केन्द्रसँग लिखित सहमति भएपछि मन्त्री छनोट गर्ने पनि निर्णय गरेको छ ।

सविधान संशोधन भए सरकारमा जाने टाइमलाइन तोकेका छन् । र, यो टाइमलाइन सरकार र फोरम नेपालको ठ्याकै मिलेको छ ।

फोरम नेपालका सहमहासचिव अभिषेक प्रताप शाहले भने, जबसम्म संविधान संशोधन हुँदैन तबसम्म सरकारमा जाने विषयमा सोच्न पनि सकिदैन ।’

परिमार्जनसहित सविधान संशोधन भए पार्टीमा छलफल गरेर मात्र सरकारमा जाने नजाने टुगों लाग्ने उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!