देशभर बदली, हल्का वर्षा

काठमाडौं, चैत २६ । देशभरको मौसम सोमबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि काठमाडौंसहित देशका केही ठाउँमा हल्का पानी परेको र दिउँसो पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद सुवास रिमालले जानकारी दिए ।

बंगालको खाडी र अबर सागरबाट सतही रुपमा आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भएकोले दिनभरको मौसम यस्तै रहने मौसमविद रिमालले बताए । तर टिकेर पानी पर्ने सम्भावना भने नरहेको उनको भनाई छ ।

पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव पनि केही रहेकाले देशभरकै मौसम बदली, केहीछिन खुल्ने, फेरि बदली हुने र पानी पर्ने अवस्थाकै रहने मौसमविदले बताएका छन् ।

तत्काल लगातारको झरी पर्ने जस्तै खडेरीको सम्भावना पनि नदेखिएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!