सन्दिप लामिछाने रहेकाे दिल्ली डेयर डेभिल्सले हार्याे

काठमाडौं,चैत २६ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किङ्ग्स इलाभेन पञ्जाबले सुखद सुरुवात गरेको छ ।

आइतबार भएको पहिलो खेलमा पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको हो । पहिलो खेलमा दिल्लीमा आवद्ध नेपाली बलर सन्दिप लामिछानेले भने मौका पाएका थिएनन् ।

दिल्लीले दिएको १६७ रनको लक्ष्य पञ्जाबले ७ बल खेल्नु अघि ४ विकेट गुमाएर भेट्टायो । पञ्जाबलाई जिताउन आक्रामक ब्याटिङ गरेका केएल राहुलले १४ बलमा अर्धशतक बनाए । उनी ५१ रनमा आउट भए । करुण नयरले पनि अर्धशतक बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो । उसका कप्तान गौतम गाम्भीरले ५५ रन बनाएका थिए ।

आईपीएलकै कान्छो क्रिकेटर मुजिब उर रहमान र मोहित शर्माले समान २-२ विकेट लिए ।

नेपाली क्रिकेटर सन्दिप लामिछाने पहिलो खेलमा मैदान उत्रिन पाएनन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!