प्रिमियर लिगको शीर्ष चारमा अटाउने चेल्सीको सम्भावना सकियो

चैत २६ । इंग्लिस प्रिमियर लिग फुटबलको साविक विजेता चेल्सी यो सिजनमा शीर्ष चारमा पर्ने सम्भावना सकिएको छ ।

गएरातिको खेलमा वेष्टह्याम युनाइटेडसँग एक एक गोलको बराबरीमा रोकिएसँगै चेल्सीको अन्तिम चारमा रहँदै प्रिमियर लिग टुंग्याउने सम्भावना समाप्त भएको हो ।

प्रतियोगिताका ३२ खेल सकिंदा चेल्सी चौथो स्थानको टोटनह्याम युनाइटेडभन्दा १० अंकले पछि छ । गएरातिको खेलमा ७३ औं मिनेटसम्म १ शुन्यको अग्रता लिए पनि चेल्सीले त्यसलाई जोगाउन सकेन । चेल्सीका लागि एज्पिलिक्वेटाले ३६ औं मिनेटमा गोल गरे पनि वेष्टह्यामका लागि हर्नाण्डेजले ७३ औं मिनेटमा बराबरी गोल गरे ।

यो खेलबाट ३ अंक जोड्न सकेको भए चेल्सी प्रतियोगिताको शीर्ष चारमा रहने झिनो सम्भावना कायमै रहने थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!