प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौ‌ं, चैत २५ । तीन दिने भारतको राजकीय भ्रमणमा सकेर प्रधानमन्त्री केपी शर्मा ओली अहिले केही बेरमा स्वदेश फर्कँदै छन् ।

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थ राज्यमन्त्री शिवप्रताप शुक्लाले गरेका छन् ।

प्रधानमन्त्री ओली साँझ ८ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम छ । भ्रमणका शुक्रबार भारत गएका ओलीले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपतिलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिका साथै, उद्योगी व्यवसायीसँग भेट गरेका थिए ।

प्रधानमन्त्री ओली र समकक्षी नरेन्द्र मोदीबीच नेपालको विकास र समृद्धिमा सहयोग पुर्याउने विषयमा सहमति भएको छ । कृषि, जलमार्ग र रेलमार्ग निर्माण गर्ने दुवै देशका प्रधानमन्त्रीबीच सहमति भएको छ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओलीको स्वागत पनि गृहमन्त्री सिंहले नै गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!