डा भट्टराई भन्छन- ओली र मोदीबीचकाे वान टु वान वार्ता शंकास्पद

 सिन्धुली, चैत २५ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा गरेका सहमति नेपालका लागि खासै महत्वपूर्ण नरहेको बताएका छन् ।

आइतबार सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा सन्चारकर्मीहरुसँगको भेटमा भट्टराईले भारतको आफ्नै कूटनीति रहेको भन्दै व्यापार घाटालगायतका विषयमा छलफलै नभएको बताए ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको ‘वान टु वान’ वार्ता रहस्यमय रहेको उनको भनाइ थियो ।

भारतले नेपालको संघीयतालाई बलि चढाउने गरी हिन्दूराष्ट्रको पक्षमा आवाज उठाएको आरोप लगाउँदै नेता भट्टराईले ‘वान टु वान’ भेटमा सो विषयमा कुरा भएको हुनसक्ने आशंका व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!