काठमाडौं–सुर्खेत हवाई उडानको भाडा निर्धारण

काठमाडौं, चैत्र २५ । काठमाडौं–सुर्खेत सिधा हवाई सेवाका लागि भाडादर तोकिएको छ ।

लामो समयदेखि अवरुद्ध काठमाडौं–सुर्खेत हवाई सेवा केही दिनअघिदेखि सुचारु भएको हो । कर्णाली प्रदेशलाई हवाइमार्गबाट काठमाडौंसँग जोड्न केही समय पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पहल गरेका थिए ।

नयाँ भाडादर अनुसार काठमाडौंबाट सुर्खेत सात हजार पाचँ सय र सुर्खेतबाट काठमाडौं सात हजार चार सय भाडादर कायम गरिएको छ।

यसअघि सुर्खेत काठमाडौं सिधा हवाई सेवा नहुँदा सेवाग्राहीले सास्ती भोग्दै आएका थिए । सुर्खेतबात काठमाडौ जादाँ वा काठमाडौंबाट सुर्खेत जादा यात्रुले नेपालगञ्जसम्म हवाई सेवा उपयोग गर्दथ्ये ।

तर सिधा हवाई सेवा शुरु भएपछि यात्रा सहज र छिटो भएपनि यात्रुले मंहगो भाडा तिर्नु पर्ने भएको छ ।

अहिले बुद्ध एयरले र नेपाल एयरलाइन्सले काठमाडौं–सुर्खेत सिधा हवाई सेवा शुरु गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!