सम्वन्ध विच्छेदका मुद्दा ह्वात्तै बढे

वागलुङ । जिल्लामा पछिल्लो समय सम्बन्ध बिच्छेदका घटनाहरुमा बृद्धि भएको छ । लोग्ने वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै सम्बन्ध बिच्छेदका घटना पनि बढेक ेतथ्याङ्कले देखाएको छ ।

नेपालको महिलामैत्री कानूनले पनि सम्वन्ध बिच्छेदका घटनाहरु बढ्नुमा सहयोग पुगेको दाबी गरिएको छ । यसरी सम्वन्ध बिच्छेदका घटनाहरु दिनप्रतिदिन बढ्दै जाँदा समाज अराजकतातिर जाने खतरा बढेको जानकारहरु बताउछन् ।

वागलुङ जिल्ला अदालतमा चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सर्वाधिक सम्वन्ध बिच्छेदका मुद्दा परेको छ । अदालतका अनुसार उक्त समयमा सम्वन्ध बिच्छेदका ७६ मुद्दा परेको हो ।

महिलाका तर्फबाट ७४ र पुरुषका तर्फबाट २ सम्वन्ध बिच्छेदका मुद्दा दायर भएकोमा सबै फछ्यौट भएको अदालतले जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा यो संख्या अझै बढ्ने बताइएको छ ।

वागलुङ जिल्ला अदालतबाट प्राप्त तथ्यांक अनुसार गत आबको जिम्मेवारी सरेको १२७ र यहि चैत १९ गतेसम्म परेका २७५ गरी जम्मा ४०२ मुद्दाहरुमा २१० फछ्यौट भएका छन् । तथ्यांक अनुसार २ वर्ष नाघेको एउटा मुद्दा फछ्यौट हुन बाँकी रहेको छ ।

फौजदारीतर्फ गत आबबाट सरेको १७ र हालसम्म परेको ६२ गरी जम्मा ७९ मुद्दाहरुमध्ये ४० फछ्यौट भएका छन् । भने देवानीतर्फ गत वर्षको जिम्मेवारी सरेको ६४ र हालसम्म परेको ८७ गरी १५१ मुद्दाहरुमा ५९ थान फछ्यौट भएका छन् ।

यसैगरी देवानी फौजदारीतर्फ गत आवको बाँकी ४६ र हाल सम्म परेको १२५ समेत जम्मा १७१ मध्य चैत १९ गतेसम्म ११० फछ्र्यौट भएको तथ्यांकले देखाएको छ ।

जिल्ला अदालतबाट गत चैत १९ गते सम्ममा १५ जबरजस्ती करणी र कर्तव्य ज्यान सम्वन्धी ४ मुद्दा फछ्यौट भएको श्रोतले बतायो ।

श्रोतका अनुसार घरेलु हिँशाका ७, बहु बिबाह ४, अंश सम्वन्धी ४७ मुद्दा छिनिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!